विहारमा आगालागीमा परी ४ जनाको मृत्यु, ७ जना घाइते-Sutra News

विहारमा आगालागीमा परी ४ जनाको मृत्यु, ७ जना घाइते

मंगलबार, १९ बैशाख २०८०

मंगलबार, १९ बैशाख २०८०

विहार राज्यको मुजफ्फरपुर जिल्लास्थित झोपडपट्टीमा आगो लाग्दा चार जनाको मृत्युभएको छ भने अन्य सात जना घाइते भएका छन् ।



जिल्लाको रामदयालु रेलवे स्टेशन नजिक रहेको झुपडीमा गए राति आगो लाग्दा सात जन घाइते भएका तथा चार जनाले ज्यान गुमाएका जिल्लाका प्रमुख सुधांशु शेखरले बताएका छन् ।

पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गरिने जानकारी पनि उनले दिएका छन् ।

आगलागीको खबर प्राप्त हुने वित्तिकै अग्नि नियन्त्रण विभागका कर्मचारी घटनास्थल पुगेर आगो निभाएका थिए । घाइतेहरूको श्रीकृष्ण चिकित्सा अध्ययन प्रतिष्ठानमा उपचार भइरहेको छ।

आगलागीको वास्तविक कारण नखुलेको बताउँदै सुरक्षा अधिकारीहरूले त्यस सम्बन्धमा अनुसन्धान थालिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट