मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत-Sutra News

मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत

मंगलबार, १९ बैशाख २०८०

मंगलबार, १९ बैशाख २०८०

चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने अनुमान गरिएको छ।



सरकारले चालु आर्थिक वर्षका बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यकाबीच यो अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको हो ।

मंगलबार तथ्यांक कार्यालयले आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो ।

त्यसैगरी उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने अनुमान गरेको कारयालयले नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान गरेको छ ।

यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले  गरेको भन्दा कम हो ।

एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेका थिए।

कोभिड-१९ का कारण आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.४ प्रतिशतले ऋणात्मक भएको थियो भने आर्थिक वर्ष २०७७/७८ मा ४.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएकोमा गत आर्थिक वर्ष २०७८/७९ मा ५.३ प्रतिशत आर्थिक वृद्धिदर भएको केन्द्रीय तथ्यांक कार्यालयको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट