नक्कली भुटानी शरणार्थी प्रकरण, इन्द्रजितका छोरा निरज विरूद्ध पक्राउ पुर्जी जारी-Sutra News

नक्कली भुटानी शरणार्थी प्रकरण, इन्द्रजितका छोरा निरज विरूद्ध पक्राउ पुर्जी जारी

मंगलबार, १९ बैशाख २०८०

मंगलबार, १९ बैशाख २०८०

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा इन्द्रजित राईका छोरा निरज राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।



इन्द्रजित पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार हुन्।

प्रहरीले मंगलबार बिहान ललितपुरको सुनाकोठीबाट इन्द्रजितलाई पक्राउ गरेको थियो।

निरजलाई भने प्रहरीले अहिलेसम्म फेला पारेको छैन।

प्रहरी अनुसन्धानमा राईले नक्कली भुटानी शरणार्थी बनाउन गृह मन्त्रालयमा सहजीकरण गरिदिएको खुलेको थियो।

प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ।

केशव दुलालले सागर राई लगायतलाई खटाएर पीडितको विवरण तथा रकम असुल्ने काम गर्थे।

अनुसन्धानमा दुलालले नै मन्त्रालयमा रहेका राईसँग समन्वय गरेको पाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट