हत्या आरोप लागेका नेकपा एमालेका सांसद लक्ष्मी कोइरी महतोलाई निलम्बन गरिएको छ।
उनलाई मंगलबार निलम्बन गरिएको संसद सचिवालयले जनाएको छ।
सूचना टाँस गरी कोइरीलाई निलम्बन गरिएको जानकारी दिइएको हो।
कोइरीमाथि सशस्त्र प्रहरीका असई थमन विकको हता गरेको आरोप छ।
उनी महोत्तरी १ बाट निर्वाचित भएका थिए।
उनलाई उच्च अदालत जनकपुरले २०७२ साल भदौ २५ गते थुनामा राख्न आदेश दिएको थियो।
हाल फरार रहेका उनलाई खोजी गर्न सहयोग माग्दै प्रहरी प्रधान कार्यालुले संसद सचिवालयलाई दुई पटक पत्र लेखेको थियो।
प्रहरी प्रधान कार्यलायले सांसद कोइरी २०७९ साल पुस ६ गतेदेखि फरार रहेको सूचना संसद सचिवालयका महासचिवलाई दिएको थियो। पत्र आएपछि सभामुख देवराज घिमिरेले नयाँ नियमावली पारित भएपछि फेरी प्रहरीबाट पत्र आउनुपर्ने अडान राख्दै कोइरीलाई निलम्बन गर्न आलटाल गर्दै आएका थिए।
वैशाख २५ गतेको वैठकमा घिमिरेले सांसद कोइरी अस्वस्थ रहेको पत्र आएकाले उनको बिदा स्वीकृत गरिएको घोषणा गरेका थिए। त्यसपछि सत्तापक्षका सांसदले सोको विरोध गरेपछि केही समय संसद अवरूद्ध भएको थियो।
पछि सभामुख घिमिरेले नयाँ अधिवेशनमा कानुन बमोजिम गर्ने भनेका थिए।