नेपाली काँग्रेसकी नेत्री एवम प्रतिनिधिसभा सांसद आरजु राणा देउवाले दूषित मनशाय राखेर आफ्नो व्यक्तिगत तथा राजनीतिक चरित्रहत्या गरिएको बताएकी छन्।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै राणाले यस्तो बताएकी हुन्।
‘पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले मलाई लक्षित गरेर निराधार र कपोकल्पीत आरोप लगाउदै दुस्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, जारी विज्ञप्तिमा राणाले भनेकी छन्।
राणाले हरेक व्यक्तिलाई आफ्नो बिचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ, तर कसैलाई पनि कोही विरुद्ध आधारहिन गालि गलौज र लान्छाना लगाउने अधिकार नभएको पनि विज्ञप्तिमा उल्लेख गरेकी छन्।
‘नियोजित रुपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले संचार माध्याममा अन्तर्वार्ता दिदै म विरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक छ। तथ्यमा रहेर कसैको हस्तक्षेप बिना विचार राख्ने र मिडिया मार्फत सूचना र विचारहरू दिन सकिन्छ तर नियोजीत रुपमा म बिरुद्ध व्यक्तित मानर्मदन गर्ने र हुदै नभएका आधारहिन बिभिन्न विवादहरुमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरुको व्यक्तिगत रिस, कुण्ठा र आबेगमा सम्पूर्ण संचार माध्यम र संचारकर्मीहरुले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु’ उनको भनाइ छ।
त्यसैगरी राणाले हरेक जसो अन्तवार्तामा केही व्यक्तिहरु नियोजीत रुपमै उनी विरुद्ध व्यक्तिगत गालीगौलज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहिन, निराधार, तथ्यहिन र चरित्रहत्या गर्ने दुसित उदेश्य बमोजिम आएका आरोपलाई स्थान नदिन पनि सबै आम संचारमाध्यमलाई आग्रह गरेकी छन्।
आरजु देउवा राणाबाट जारी विज्ञप्ति जस्ताकोतस्तै