काठमाडौं– लोकसेवा आयोगले डाटा रिकभर हुने/नहुने यकिन नभएको भन्दै केही विज्ञापनमा पुनः दरखास्त आह्वान गरेको छ । पहिला नै दरखास्त दिइसकेकाहरूका लागि आयोगले पुनः आवेदन दिन आग्रह गरेको छ ।
पूर्वप्रकाशित विज्ञापनमा दरखास्त दिई दस्तुर बुझाइसकेका उमेदवारहरूले मात्रै आवेदन दिनसक्नेछन् । दरखास्त विवरण अध्यावधिक गर्ने प्रयोजनका लागि मात्र आवेदन माग गरिएको आयोगले स्पष्ट पारेको छ ।