पीएसजीले मेस्सीलाई किन गर्‍यो निलम्बन?-Sutra News

पीएसजीले मेस्सीलाई किन गर्‍यो निलम्बन?

बुधबार, २० बैशाख २०८०

बुधबार, २० बैशाख २०८०

काठमाडौं- पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोनल मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको छ । क्लबको अनुमतिबिना एसीयाली मुलुक साउदी अरबको भ्रमण गरेपछि पिएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको हो ।



फ्रान्सेली लिग वानमा पीएसजी र लोरेन्टबीचको खेलपछि अर्जेन्टेनी कप्तान मेस्सी साउदी अरेबिया गएका हुन् । त्यस खेलमा पिएसजी पराजित भएको थियो । अब निलम्बनको समयमा मेसीले पीएसजीका लागि खेल्न पाउने छैनन् ।

क्लबका अनुसार मेस्सीलाई खेल खेल्न प्रतिबन्ध लाग्नुको साथै, टिममा बसेर अभ्यास गर्न पनि पाउने छैनन । मेस्सी साउदी अरेबियाको पयर्टन राजदूतको भूमिकामा छन् । अर्जेन्टीनी कप्तान मेस्सीलाई साउदी अरबबाट आकर्षक प्रस्ताव आएको भन्ने चर्चा भइरहेको बेला मेस्सी साउदी अरब गएका हुन् ।

यसअघि क्रिस्टियानो रोनाल्डो पनि साउदी अरबिया क्लबवाट खेलिरहेका छन् । उनलाई पनि महंगो रकमा साउदी क्लबले अनुबन्धित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट