माधवकुमार नेपालको गुनासो : कांग्रेस र माओवादी मिलेर हामीलाई बाइपास गरिरहेका छन्-Sutra News

माधवकुमार नेपालको गुनासो : कांग्रेस र माओवादी मिलेर हामीलाई बाइपास गरिरहेका छन्

बुधबार, २० बैशाख २०८०

बुधबार, २० बैशाख २०८०

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमा नेपालले सत्ता गठबन्धनले आफूहरूलाई ‘बाइपास’ गरे पीडा दिइरहेको गुनासो गरेका छन्।



आज बुधबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सत्ता गठबन्धनभित्र आफ्नो दल उपेक्षामा परेको पीडा व्यक्त गरेका हुन्।

‘कर्णालीमा हाम्रो पार्टीलाइ पूरै बेवास्ता गरिएको छ। यो राम्रो होइन। सरकारमा एकलौटी गर्न खोजिएको छ’, अध्यक्ष नेपालले भने, ‘गठबन्धन टिकाउने कुरा भइरहेको छ तर हामीलाई बाइपास गरिएको छ, पीडा दिइएको छ।’ यस क्रममा उनले मनको पीडा पाेखेकाे बताए।

एकीकृत समाजवादीले गठबन्धनबाट संघ सरकारमा थप एक मन्त्रालय र प्रदेशमा आलोपालो गरेर आफ्नो दलले पनि मुख्यमन्त्री पाउनुपर्छ भनेको छ।

 प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने उनको चेतावनी थियो । नेपालले भने -‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ।  सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन। गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ ‌। यसले गठबन्धन धरापमा पार्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट