काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज बुधबार सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँ बढेको हो।
मंगलबार प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।