काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालक दिलबहादुर थापाको आज अन्त्येष्टि गरिने भएको छ । पाटन अस्पतालमा पोष्टमार्टमपछि पशुपति आर्यघाट लगेर आज उनको अन्तिम शंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
थापाको उपचारका क्रममा हिजो दिउँसो निधन भएको थियो । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारकमा क्रममा उनको मृत्यु भएको थियो ।
उपचुनावका क्रममा रविसँग चितवन पुगेका थापा वैशाख ४ गते घरको छतबाट लडेर घाइते भएका थिए । रवि बस्दै आएको भरतपुर महानगरपालिका–११ को ३ तले घरको छतबाट खसेका थापाको खुट्टा र टाउकामा गम्भीर चोट लागेको थियो ।