रामबहादुर थापाका छोराले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सहयोग गर्छु’-Sutra News

रामबहादुर थापाका छोराले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सहयोग गर्छु’

बिहिबार, २१ बैशाख २०८०

बिहिबार, २१ बैशाख २०८०

पूर्व गृहमन्त्री रामबहादुर थापा’बादल’का छोरा प्रतिक थापाले नक्कली भुटानी शरणार्थी प्रकारणमा आफ्नो संलग्नता अस्विकार गर्दै छानविनमा सघाउने बताएका छन्।



प्रेस वक्तव्य जारी गर्दै थापाले यस्तो बताएका हुन्।

विज्ञप्तीमा थापाले गृह मन्त्रालयमा हुँदा कोही कसैसँग सम्झौता जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरेका छन् ।

‘पटक-पटक आफूमाथि राजनीतिक प्रतिसोध साँध्न यस्ता आरोप लाग्ने गरेको उल्लेख गर्दै थापाले भनेका छन्, ‘ …तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, थापाले आफ्नो विज्ञप्तिमा भनेका छन्।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

थापा हाल फरार रहेका छन्। यही प्रकरणमा उनका बाबु मन्त्री छँदा सुरक्षा सल्लाहाकार बनेका इन्द्रजित राई र उनका छोरालाई प्रहरीले पक्राउ गरिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट