पेम्बाको डेब्यू आवाज ‘बैमानी’मा यस्तो देखियो पुष्प र कविताको जोडी-Sutra News

पेम्बाको डेब्यू आवाज ‘बैमानी’मा यस्तो देखियो पुष्प र कविताको जोडी

बिहिबार, २१ बैशाख २०८०

बिहिबार, २१ बैशाख २०८०

कोरियामा बस्दै आएका पेम्बा लामाले पहिलो ‘बैमानी’ गीतबाट नेपाली संगीतमा डेब्यू गरेका छन्।



उनले दिपक विश्वकर्माको संगीत र उदय सागरको शब्दबाट गायनमा डेब्यू गरेका हुन्।

उनले गीतको भिडियो पनि सार्वजनिक गरेका छन्। गीतमा अभिनेता पुष्प खड्का र मोडल कविता नेपालीको अभिनय रहेको छ।

भिडियोका निर्देशक तथा कोरियोग्राफर केशवराज भट्ट हुन्।

बुधबार सार्वजनिक भएको गीतमा गोपाल रसाईलिको एरेन्ज रहेको छ। भिडियोमा बुद्ध थापाको छायांकन र वन्दे प्रसादको सम्पादन रहेको छ ।

भिडियोमा संचार्कर्मी सन्तोष बस्ताकोटी ,हेन्सल लामा र सुदर्शन पन्तकोसमेत अभिनय रहेको छ । लोक पप शैलीको गीतमा पेम्बा लामा र क्षितिज स्पर्शको संयुक्त लगानी रहेको छ ।

भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

https://www.youtube.com/watch?v=3TZHyPi7DH4

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट