ओली-दाहाल भेट – शरणार्थी प्रकरणमा दोषी उम्कन नहुने, निर्दोषलाई फसाउन खोजे पार्टीले नसहने-Sutra News

ओली-दाहाल भेट – शरणार्थी प्रकरणमा दोषी उम्कन नहुने, निर्दोषलाई फसाउन खोजे पार्टीले नसहने

बिहिबार, २१ बैशाख २०८०

बिहिबार, २१ बैशाख २०८०

प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्षलाई सिंहदरबारमा भेट्न पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गर्नेलाई उम्कन दिन नहुने बताएका छन्।



बिहीबारको भेटमा ओली दोषीलाई बचाउन आफ्नो पार्टी नलाग्ने तर निर्दोष पर्न नहुने बताएका थिए।

‘नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन,’ ओलीले भने, ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन।’

यो प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी प्रकरणमा मुछिएका छन् भने रायमाझीका छोरालाई प्रहरीले थप अनुसन्धानका लागि हिरासतमा लिएको छ।

ओलीले निर्दोषलाई फसाउन खोजे पार्टीले नसहने पनि प्रतिक्रिया संचारकर्मीसमक्ष दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट