काठमाडौँ- कन्चनपुरमा शुक्रबार राति प्रहरीमाथि खुकुरी प्रहार भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ७ कञ्चनभोस्थित बीओपीका खटिएका सशस्त्र प्रहरीका प्रमुख नरेन्द्र चैंसिरविरुद्ध अज्ञात समूहले खुकुरी प्रहार गरेको हो।
ड्युटीकै क्रममा राति १०:३० बजे ५/६ जनाको समूहमा आएको अज्ञात समूहले खुकुरी प्रहार गरेर भागेको हो। खुकुरी प्रहारबाट उनको बायाँ पाखुरामा चोछ लागेको छ। आक्रमणकारीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।