अमेरिकामा ट्रकले कारलाई ठक्कर दिँदा प्रमिला सुवेदीको निधन-Sutra News

अमेरिकामा ट्रकले कारलाई ठक्कर दिँदा प्रमिला सुवेदीको निधन

शनिबार, २३ बैशाख २०८०

शनिबार, २३ बैशाख २०८०

काठमाडौँ- टेक्सासमा ट्रकले कारलाई ठक्कर दिंदा प्रमिला सुवेदीको निधन भएको छ । एनआरएनए आइसीसीको अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी पत्नी प्रमिला सुवेदीको बिहीबार भएको दुर्घटनामा निधन भएको हो ।



सुवेदीले चलाएको गाड़ी बेलुका साढे ५ बजे ट्रकको ठक्करबाट दुर्घटनामा परेको थियो । दुर्घटनामा ४७ बर्षिय प्रमिला सुवेदीको घटनास्थलमै निधन भएको थियो ।

नेपाली कांग्रेसका चर्चित नेता तथा पूर्वमन्त्री दिपकप्रकाश बास्कोटाकी छोरी प्रमिला सुवेदी दुई दशकअघि अमेरिका आएको जनाइएको छ । प्रमिलाको परिवार लामो समय कनेक्टिकट बसाईपछि सन् २०१७ मा टेक्सासको डलास बसाईसराई गरेका थिए । सुवेदी दम्पत्तीका दुई छोरा छन् ।

यसैबीच अमेरिकामा भएका नेपालीहरुले प्रमिला सुवेदीको मृत्युमा शोक व्यक्त गरेका छन् । उनीहरुले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले आत्मिय मित्र रामकुमार सुवेदीकी धर्मपत्नी तथा नेपाली कांग्रेसका नेता दिपक प्रकाश बास्कोटाकी सुपुत्री प्रमीला सुवेदीको सडक दुर्घटनामा अमेरिकाको टेक्सास राज्यमा असामयिक निधन भएको दुखद खबरले मर्माहत बनाएको बताएका छन् । उनले असिम दुखको यो घडीमा राम कुमार सुवेदी लगायत सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदनाका साथै दिबंगत प्रमिलाको आत्माको चिरशान्तीको प्रार्थना गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट