रियालले उचाल्यो कोपा डेल रेको उपाधि-Sutra News

रियालले उचाल्यो कोपा डेल रेको उपाधि

आइतबार, २४ बैशाख २०८०

आइतबार, २४ बैशाख २०८०

काठमाडौँ- रोड्रिगोका दुई गोलको मद्दतमा रियल म्याड्रिडले ९ वर्षपछि कोपा डेल रेको उपाधि जितेको छ। सेभियामा शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ गोल अन्तरले हराउँदै रियलले सन् २०१४ पछि कोपा डेल रेको उपाधि हात पारेको हो।



दोस्रोपटक कोपा डेल रेको फाइनल खेलेको आसासुनालाई हराउँदा रियलले २०औं पटक उपाधि आफ्नो नाममा गरेको हो।
रियलले यसअघि सन् १९०५, १९०६, १९०७, १९०८, १९१७, १९३४, १९३६, १९४६, १९४७, १९६२, १९७०, १९७४, १९७५, १९८०, १९८२, १९८९, १९९३, २०११ र २०१४ कोपा डेल रेको उपाधि उचालेको थियो।

करिब २५ हजार समर्थकका अघि ओसासुना १०३ वर्षको इतिहासमा महत्त्वपूर्ण उपाधि जित्नबाट वञ्चित भयो।

खेलको दोस्रो मिनेटमै रोड्रिगोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए। कोपा डेल रेको फाइनल इतिहासमा १७ वर्षपछि छिटो गोल भएको हो। उनले भिनिसियस जुनियरको पासमा गोल गरेका थिए।

खेलको ५८औं मिनेटमा लुकास टोरोले गोल गर्दै ओसासुनालाई १–१ गोलको बराबरीमा ल्याए। तर ७०औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। त्यसपछि खेलमा थप गोल हुन नसक्दा रियल च्याम्पियन बनेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट