काठमाडौँ- सर्लाहीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार भारतीय गाडीको ठक्करबाट हरैयामा एक युवकको मृत्यु भएको हो भने मोटरसाइकलले ठक्कर दिँदा हरिपुर्वामा एक वृद्धको मृत्यु भएको हो।
हरिपुर नगरपालिका–४ हरैयामा शनिबार राति भारतीय बीआर ३० ए २७२१ नम्बरको गाडीले ठक्कर दिँदा चन्द्रनगर गाउँपालिका–१ मोहनपुरका २२ वर्षीय पप्पु बैठाको मृत्यु भएको हो।
भरतीय डीजे गाडीको ठक्करबाट गम्भीर घाइते भएका बैठाको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि गाडी चालक सर्लाहीकै कविलासी नगरपालिका–७ गैरका नागेन्द्र कुशवाहा फरार छन्।