काठमाडौँ- कञ्चनपुरको बेलडाँडीका पूर्व अध्यक्षको लडेर ज्यान गएको छ। आज (आइतवार) बिहानै उठेर घरमै रहेको नलका(भूमिगत पानी तानिएको ठाउँ)मा गएका बेलडाँडी गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहेका अन्दाजी ६५ वर्षीय धनबहादुर थापाको लडेर निधन भएको हो।
बेलडाँडीको वडा नम्बर २ गौरीटोलका स्थायी बासिन्दा रहेका उनी नलकामा खसेर पल्टिएपछि मृत अवस्थामा फेला परेको आफन्तहरुले बताएका छन्।