काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्य आज मन्त्री बन्ने भएका छन्। आज उनी महिला बालबालिका मन्त्री बन्दैछन्। दिउँसो १२:३० बजे उनको पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले सुत्रन्यूजलाई जानकारी दिए।
यसअघि नै मन्त्री बन्ने पक्का भए पनि दलभित्रको भागबन्डामा उनी छुटेका थिए।