गायिका समीक्षा अधिकारी अभिनेता पल शाहसँगको कानुनी लडाईंबाट आफूले आफ्नो सुरक्षाका लागि मुद्दा फिर्ता गरेको बताएकी छन्।
एपी वान टलिभिनजबाट प्रसारण भएको ‘द प्रकास सुवेदी शो’मा दिएको अन्तरवार्तामा उनले यस्तो खुलासा गरेकी हुन्।
कार्यक्रममा अभिनेता शाहका मानिसहरूले समीक्षालाई मारिदिने, गायब पारिदिनेसम्मको धम्की दिएको छ आफूले आफ्नो सुरक्षाका लागि मुद्दा फिर्ता गर्नुपरेको उल्लेख गरेकी छन्।
कार्यक्रम संचालकले अन्तरवार्ताको सुरूमै के कुराले मुद्दाले किनारा पायो र तपाईंले सुरूमा मुद्दा दायर गरेर किन फिर्ता लिनुभयो भनेर सोधेका थिए।
‘अब यस्तो हो, बाहिर त हल्ला जे पनि चल्छ, अब हल्लाकै भरमा त्यो सत्य भन्नेचाँहि हुँदैन। अब त्यस्तो भन्दा पनि मेन त उहाँकै माया लागेर हो’, उनले मुद्दामा ‘होस्टाइल’ हुनुको कारण दिएकी छन्।
त्यसपछि सुबेदीले मुद्दा हाल्ने बेलामाचाँहि माया लागेको थिएन भनेर प्रतिप्रश्न गरे।
‘मुद्दा हाल्ने बेलामा पनि धेरै कुराहरू छन् दाइ। मैले त्यतिकै त्याहँ गएर मुद्दा हालेकोचाँहि होइन। त्यतिबेलाचाँहि मलाई उहाँकै टिमबाट, उहाँ नै चाँहि भन्दिन म। उहाँको टिमबाट मलाई मार्ने धम्की दिने, मार्दिने, गायब बनाइदिने कुरा आएको थियो। यस्तो थियो यहाँ मलाई एकदमै रिस्क थियो। त्यतिबेला मेरो दिनमा चारपाँचवटा गीत रेकर्ड हुन्थ्यो, अनि त्यतिबेलाचाँहि मलाई टर्चर दिने होइन। त्यस्तो भएर म घरमा गएर दुई-तीन महिना गएर बसें। पूरै डिप्रेसनमा थिएँ, त्यो टाइममा म। धम्की दिने यताउती त्यस्तो गर्नुहुन्थ्यो, अनि त्यो गरेपछिचाँहि आफ्नो सेफ्टी(सुरक्षा)को लागि पनि त्यो डिसिजन(निर्णय) गर्या हो। मलाई थाहा थिएन त्यो केस(मुद्दा)ले त्यति ठूलो रुप लिन्छ भनेर। अब यति होकी म गलत छैन’, समीक्षाले जवाफमा भनेकी छन्।
सुवेदीले अगाडि समीक्षालाई मुद्दा दिएको एक वर्षको दौरानमा त्यस्तो के भयो र मुद्दा फिर्ता लिनुभयो भनेर थप खोत्ल्ने प्रयास गरे।
त्यसको जवाफ ‘फस्टमाचाँहि म गलत छँदैछैन’, भनेर दिन्छिन् अनि सुवेदी पुनः बयानचाँहि कसरी फिर्ता लिनुभयो? भनेर सोध्छन्।
‘उहाँको माया लाग्यो। मसँग अरू अप्सन(विकल्प) पनि थिएन। जे भए नि माया गरेको मान्छे हो, त्यही भएर’, समीक्षाले जवाफ दिएकी छन्।
समीक्षाको यो जवाफपछि सुवेदीले समीक्षालाई मुद्दाको किनाराले त तपाईंलाई नै गलत देखायो नि? भनेर प्रश्न राख्छन्।
समीक्षा पुनः आफ्नो पहिलेको जवाफ दोहोर्याउँछिन् र भन्छिन,’मसँग अप्सन(विकल्प) नै भएन। म आफू गलत भएर त उहाँलाई निकाल्न सम्भव भयो नि। म आफू गलत हुनुबाहेक अरू कुनै पनि अपस्न थिएन, मसँग।’
मुद्दा हाल्ने पनि आफै अनि आफै गलत भएर उहाँलाई निकाल्ने पनि आफै?, सुवेदी अर्को प्रश्न थप्छन्।
समीक्षा एक शब्दमा जवाफ दिन्छिन्- हजुर।
यो सबै के हो त फेरि? समीक्षालाई फेरि उही प्रकृतिको प्रश्न सोधिन्छ।
यसमा समीक्षाको जवाफ हुन्छ- माया नै हो दाइ, माया।
समिक्षाको यो अन्तरवार्ताले मुद्दामा उनलाई हदसम्मको दबाब दिएर होस्टाइल’ बनाइएको थियो बुझ्न सकिन्छ। अन्तर्वार्तामा उनको अनुहारमे उनले त्यतिबेला के भोग्दैथिइन भन्ने कुरा स्पष्ट पढ्न सकिन्छ।
यस्ता मुद्दमा अधिकांश पीडितलाई अनेक गरेर ‘होस्टाइल’ बनाइन्छ। समीक्षा पनि त्यही क्रुरताको शिकार भइन्। यसबीचमा केही समय अस्ट्रेलिया बसेकी समीक्षाले यो
अन्तरवार्ता आफ्नो फेसबुक पेजमा सेयर गर्दै सत्य के हो भनेर आफूलाई नसोधी कथाहरूमात्र बनाइएको, र जे भोगियो त्यो आफूलाई मात्र थाहा भएको बताउँदै यो घटनासँग आफू एक्लै लडेको, एक्लै रोएको र एक्लै कराएको कुरा उल्लेख गरेकी छन्।
यस्तो छ उनले फेसबुकमा लेखेको स्टाटस्
कसैले आएर मलाई कहिल्यै सोध्न नै चाहेनन् , सत्य कुरा के हो कसैले बुझ्न नै चाहेनन्। मात्र मेरो बारेमा काल्पनिक कथाहरु बनाइयो, चलचित्रका कथा झैँ हजार कथाहरु बुनियो, सत्य कुरा बाहिर ल्याउने कसैले प्रयास नै गरेन मात्र मलाई नै गलत देखाइयो।
मलाई बोल्न नि दिइएन, बोल्ने वातावरण नि बनेन। मैले जे भोगे त्यो मलाई नै थाहा छ। छोटो समयको मेरो जिन्दगीको त्यो भोगाइ मैले सुनाए भने चलचित्र मात्र हैन उपन्यास नै बन्छ। म राम्रो गर्दा नि मलाई नराम्रो भन्न र दोष लगाउन छाडिएन। समय यस्तो थियो, म पीडामा थिए, निर्दोष थिए र नि म आफुलाई नै सहि हो भन्न छाडी सकेको थिए ।
भन्नेहरु ले भगवान गौतम बुद्धलाई त दोष लगाउछन, म त मान्छे न परे! बोल्नेलाई सजिलो छ , आफ्नो खुसीले बोल्दिए भएको छ । पीडा त भोग्नेलाई हो त्यो कस्ले बुझ्ने!
वास्तविकता नबुझी बोलिएका ती शब्दहरुले कसैलाई मर्न सम्म नि बाध्य बनाउछ । समय सबैको कहाँ सधैं राम्रो हुन्छ र! हिजो मलाई जे पर्यो, भगवान नगरुन त्यो भोलि अरुलाई परोस ! सबै को मन हुन्छ, दुख्छ नि, बोल्नु भन्दा अगाडि यो कुरा सोचे कति राम्रो हुन्थ्यो। म मेरो लागि एक्लै लडिरहे, एक्लै रोए, कराए ।
कसैले मेरो पीडा बुझ्नै चाहेनन् तर अब सम्हाली सकेको छु। जे थियो त्यो गलत समय थियो, कसैसंग केही गुनासो छैन बस समयले मान्छे चिन्ने अवसर दोयो। अब फेरि अगाडि बढ्नु छ । मलाई सामन्य समिक्षा बाट गायिका समिक्षा अधिकारी गराएको तपाईंहरु कै माया र आशिर्वादले हो।
फ़ेरि त्यही मायाको आसा राख्दछु। मात्र एउटै सपना छ भोलि देशको नामलाई बिदेश सम्म चिनाउन सकु । खुट्टा तान्नेहरु त अझपनी छन् सायद रहिरहन्छन तर हौसला दिनेहरु पनि धेरै हुनुहुन्छ । सबैलाई हृदय देखि नै नमन गर्दै भोलिका दिनहरु सबैको राम्रो होस । आसा छ अब मलाई बुझिदिनु हुनेछ।