भंयकर व्यार गर्ने ठानिएको भएपनि अनुमानविपरितको व्यापार गरेको सलमान खानको पछिल्लो रिलिज ‘किसीका भाइ किसीका जान’ले हालसम्म वक्सअफिसमा १ सय ७ करोड भारु कमाइ गरेको छ।
अझै केही हलहरुमा लागिरहेकाले यसको अन्तिम आँकडा आउन भने केही समय लाग्नेछ।
वक्सअफिसमा अनपेक्षिय व्यापार गरेको सिनेमाले नेपाली वक्सअफिसमा पनि खासै सोचेजस्तो व्यापार गर्न सकेन।
वक्सअफिस रिपोर्ट अनुसार सिनेमाले नेपालमा हालसम्म करिब २ करोड ८३ लाखको कमाइ गरेको छ।
कमाइका हिसाबले नेपाली वक्सअफिसमा यो कमाइ कम हो।
सिनेमाले नकारात्मक समीक्षा प्राप्त गरेको थियो।