फागुन १९ गते रिलिज भएर ५१ दिनसमेत मनाउन सफल दिपकराज गिरी समूहको ‘छक्का पञ्जा ४’ले करिब १५ करोड ५७ लाख रूपैया कमाइ गरेको छ।
हेमराज बिसी निर्देशित सिनेमाको यो कमाइलाई वैशाख १ गते रिलिज भएको सिनेमाले पछ्याइ रहेको छ।
‘जारी’ले हालसम्म १३ करोड २६ लाख बढिको व्यापार गरिरहेको छ।
प्रदर्शनरतः सिनेमालाई त्यसयता रिलिज भएका तीन नेपाली सिनेमासँगै विदेशी सिनेमाले कुनै टक्कर दिन सकेको छैन्। सिनेमाले ती सिनेमा भन्दा पनि राम्रो शो प्राप्त गरिरहेको छ।
सिनेमाले ‘छक्का पञ्जा-४’को रेकर्ड ब्रेक गर्ने अनुमान गर्दै आइएको छ। सिनेमाले अर्को सातासम्म यो आँकडा पार गर्ने ठानिएको छ।