इन्दिरा र शरदले दिए १ वर्ष पछि विवाहभोज…-Sutra News

इन्दिरा र शरदले दिए १ वर्ष पछि विवाहभोज…

आइतबार, २४ बैशाख २०८०

आइतबार, २४ बैशाख २०८०

गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद केडियाले विवाह गरेको १ वर्ष पछि विवाहको पार्टी दिएका छन् ।



रिसेप्सन् पार्टी शनिबार काठमाडौँको सोल्टी होटलमा आयोजना गरिएको थियो ।

माउण्ट एभरेस्ट फेसन रनवेमा भाग लिन सगरमाथा क्षेत्र जाने क्रममा शरदले इन्दिरालाई प्रेम प्रस्ताव राखेका थिए।

त्यसपछि उनीहरुले पारिवारिक उपस्थितिमा २०७९ जेठ ३१ गते लगनगाँठो कसेका थिए ।

पार्टीमा काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह दम्पतीसहित कलाकारहरु मदनकृष्ण श्रेष्ठ, न्ह्यु बज्राचार्य, कुन्ती मोक्तान, रामकृष्ण ढकाल, निर्मल शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ लगायत फिल्म, संगीत, फेसन र टेलिभिजन क्षेत्रका चर्चित व्यक्ति पार्टीमा उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट