हो, अन्तरवार्तामा अन्तरकुन्तर खोत्लिन्छ।
त्योसँगै भगवान बुद्धले भनेझै आवश्यक्ता अधिक कुनै पनि चिज विष समान हुन्छ।
हो त्यस्तै विषसमानको अन्तरवार्ता शनिबार राति एपी वानबाट प्रसारण भयो।
कार्यक्रमको नाम थियो- द प्रकाश सुवेदी शो।
कार्यक्रममा गायिका समिक्षा अधिकारीलाई निम्त्याइएको थियो।
सो कार्यक्रममा अन्तरवार्ताकार प्रकास सुवेदीले नाबालिकालाई कसरी अन्तरवार्ता लिनुपर्छ भन्ने पत्रकारिताको मानविय धर्मको ख्याल नगरी उनको मन चिथोरिने गरी प्रश्नहरू सोधेका छन्।
त्यसक्रममा जवाफ दिएपनि आफूले भने जस्तो उत्तर नआएर हुनुपर्छ, एउटै प्रश्न बारम्बार सोधेर उनलाई बोल्न बाध्य बनाएका छन्।
अन्तरवार्ता हेर्दा प्रकाशको प्रश्नको सामना गरिरहेकी समीक्षा असहज देखिरहन्छिन्।
उनले फेसबुकको कमेन्टमा आएका गालीहरू हेर्नुभयो भनेर सोधे।
उनले भनिन्, ‘गालीहरु देख्दा त(बनावटी कृतिम हास्छिन्, सायद पीडा लुकाउन र आफूलाई सम्हाल्ने उनको कोशिस थियो) त्यो सक्थेन दाइ मैले सक्थेन। मैले कमेन्टहरू नै हेर्दिन थें त्यतिबेला त एकदमै गार्है हुन्थ्योन गार्हो भएपनि के गर्ने त आफू बाँच्नुपर्छ है, किन भने म आफू गलत भए पो म मर्ने यताउती डिसिजन(निर्णय)सम्म पुग्थे होला म। तर म आफू त सही छु नि त। एक दिन न एक दिन त सत्यको जित अवश्य हुन्छ नि त।’
भयो त सत्यको जीत?
सुवेदीले फेरि प्रश्न गरे।
‘सत्यको जीत त….. अब। उहाँलाई थाहा छ नि त। उहाँले आफ्नो मनलाई त ढाँट्न सक्नुहुँदैन, मैले त आफ्नो मनलाई ढाँट्न सक्दिन। यथार्थ के हो उहाँलाई नि थाहा छ, मलाई नि थाहा छ,। मसँग अप्सन(विकल्प) नै थिएन’, फेरि समीक्षाले जवाफ दिइन्।
यसअघि उनले सुरूमा किन दर्ता गर्यौं अनि फेरि मुद्दा फिर्ता लियौं?, मुद्दा फिर्ता लिएर न्याय पायौं त? मुद्दा हाल्ने बेलामा माया लागेन? लगायतका यावत प्रश्नहरूको सोधाइ हेर्दा उनी पहिला तात्ने अनि पछि सेलाउने जस्तो हियाउने शैली जस्तो प्रश्न सोधाइ अनुभूत गर्न सकिन्छ।
जबकी समिक्षाले आफूलाई मारिदिने, गायुब पारिदिनेजस्ता धम्कीहरू आएर आफू ‘होस्टायल’ हुन बाध्य पारिएको भनिसकेकी थिइन्। तर सुवेदी एकोहोरो आफ्नो रटाने प्रश्नशैलीमा लागे। उनले हरेक अन्तरवार्तालाई एउटै शैली र ढर्राबाट लिइदैन, व्यक्ति र विषय अनुसार फरक हुन्छ।
उनको यस शैलीको सामाजिक संजालमा विशेषगरी महिलाको पक्षमा वकालत गर्नेहरूले आलोचना गरेका छन्।
जुन घटनाका बारेमा सुवेदीले एउटा प्रश्न बारम्बार सोधिरहन्छन्, त्यो पत्रकारिताको धर्मभित्र पर्दैन, अझ यस्ता मुद्दामा । प्रकाशले विषयवस्तुको जटिलतालाई नजरअनदाज गर्दै आफ्ना पूर्व अन्तरवार्ताहरु जस्तो किसिमले प्रश्नोत्तर गरेका छन्।
एउटै प्रश्न पटकपटक सोध्ने त छँदैछ। जुन घटनामा उनी जोडिएकी छन् त्यो घटनाका पात्रको तस्बिर देखाउँदै कसरी चिन्नुहुन्छ जस्तो प्रस्न गरेका छन्। यो निसन्देहः पत्रकारिताको आधारभूत मान्यताविरूद्ध छैन्।
उनको यो असंवेदशिलता निन्दनीय छ।
उनले शो चलाउने नाममा, आधारभूत मान्यताविपरितका काम नगरून्। आगामी दिनमा संवेदनशिलतालाई ध्यान दिउन र कार्यक्रम प्रासरण गर्नेर टेलिभिजन पनि आफूले कस्ता सामाग्रीको प्रसारण गर्दैछु भन्ने बारेमा चनाखो हुने गरे, प्रकाशहरु स्वतः हतोस्साहित हुनेछन्।
यो पनि पढ्नुहोस्