पुतलीसडकमा खुल्यो जेन्नेक्स्ट कन्सल्टिंग-Sutra News

पुतलीसडकमा खुल्यो जेन्नेक्स्ट कन्सल्टिंग

आइतबार, २४ बैशाख २०८०

आइतबार, २४ बैशाख २०८०

जेन्नेक्स्ट कन्सल्टिंग ग्रुपले काठमाण्डौबाट आफ्नो सेवा सुरु गरेको छ ।



पछिल्लो समय उच्चशिक्षा आर्जन गर्न विदेश जाने नेपाली विद्यार्थीहरुलाई सही शैक्षिक परामर्श दिने उद्देश्यले शुक्रबारदेखि सेवा शुरू गरेको हो ।

उच्च शिक्षा आर्जन गर्न विदेश जाने क्रम बढ्न थालेसँगै शिक्षाका हासिल गर्न विदेश जाने नेपाली विद्यार्थीहरुलाई सही शैक्षिक परामर्श दिने परामर्शदाताहरूको अभाव महशुस भैरहेको नयाँ सोच, शैली र परामर्श सहित सेवा सुरु गरिएको जेन्नेक्स्ट कन्सल्टिंग ग्रुपले जनाएको छ ।

यो सस्थासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोड़िए संस्थालाई हाँकिरहेकाहरूसँग वैदेशिक शिक्षा र परामर्शको विधामा लामो अनुभव देखिन्छ।

‘हामी आफै विद्यार्थीको रूपमा अष्ट्रेलिया गएका हौं । त्यहाँको समस्या , सफलता र शिक्षाको बारेमा हामी विज्ञ नै छौ ।हाम्रो त्यही विज्ञता हामी विद्यार्थीहरु माँझ बाड्न चाहन्छौ’, संस्थाका प्रमुख कार्यकारी अधिकृत मोहम्मद असलमले भने ।

काठमाण्डौको पुतलीसडकस्थित स्टार महलमा अवस्थित जेनेक्स्ट कन्सल्टिंग ग्रुपलाई यतिबेला नेपालबाट मोहम्मद असलम र बिपिन बस्नेत , सिड्नीबाट अरुण आर्यन चौधरीका साथै एडिलेटबाट आकांक्षा रावतले अगाडि बढाइरहेका छन् ।

यसपछि पनि यो संस्था नेपाल र अष्ट्रेलियाका अन्य शहरहरूमा पनि विस्तार हुने क्रममा रहेको जानकारी दिइयो।

यो सस्थाले अहिले अष्ट्रेलिया , यूके र क्यानडा गएर उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरुलाई परामर्श दिने छ भने आगामी दिनहरूमा अन्य मूलुकहरूसँग पनि यो संस्था जोडिने भएको छ।

‘विद्यार्थीहरूको साथ र समर्थन लिंदै बढी भन्दा बढी विद्यार्थीहरूसंग सहकार्य गरेर अगाडि बढ्ने हाम्रो योजना र सपना हो । हामी यो यात्रामा सबैसँग हातेमालो गर्दै जानेछौ’, संस्थाका संस्थापक एवं बजार निर्देशक बिपिन बस्नेतले भने ।

संस्थाको शुभारम्भ नेपाली चलचित्र क्षेत्रका बरिष्ठ नायक विश्व बस्नेत र गायक धर्मेन्द्र सेवान लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट