काठमाडौंका लागि भैरहवा उडेको श्री एयरलाइन्सको जहाज बीचबाटोबाटै भैरहवा फर्किएको छ।
श्रीको उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिटे जहाज भैरहवा फर्किएको हो।
करिब २० मिनेट उडेपछि भैरहवा नै फर्किएको जहाज बिहान ९:४० मा १ घण्टा ४५ मिनेट डिले भएर उडेको थियो।
चालकदलका सदस्यहरुले विमानमा खराबी देखिएकाले बीच बाटोबाट फर्किएको बताए पनि कस्तो समस्याका कारण फर्किनुपरेको हो भन्ने पत्ता लागिसकेको छैन्।
विमान रनवेमै रहेकाले हाल त्यहाँबाट हुनुपर्ने अन्य उडानहरु प्रभावित बनेका छन्।