काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका दुई जनालाई नेपाली कांग्रेस नेता बालकृष्ण खाण गृहमन्त्री हुँदा राजनीतिक दबाबमा छुटाइएको दाबी नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले गरेका छन्।
पूर्वएआइजी शर्माले सामाजिक सञ्जाल टिकटकमा यो प्रकरणमा त्यतिबेला के भएको थियो भन्ने बारेको एउटा भिडिओ पोष्ट गरेका छन्।
उनले केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने योजना बनाएको गिरोहले उनको सरकार ढलेपछि प्रहरीमा उजुरी गरेको दाबी गरेका छन्।
प्रहरीको अपराध अनुसन्धान महाशाखाले सो ठगीबारेको उजुरी परेपछि दुई जना अभियुक्तलाई पक्राउ गरेको बताएका छन्।
‘त्यतिबेला राजनीतिक दबाबमा ती दुई जनालाई छोडिएको थियो,’ शर्माले भनेका छन्।
शर्माले आफ्नो टिकटक भिडियोमा सो प्रकरणका बारेमा केके भएको भन्ने बारेमा यस्तो भनेका छन् :
सानु भण्डारीले अहिले फरार रहनुभएका उपप्रधानमन्त्री (टोपबहादुर रायमाझी) लाई मामा भन्थ्यो।
उहाँसँग नजिक भयो। (रायमाझीले) सहज गरिदिएको भन्नुहुन्थ्यो। सहजीकरण मात्र गरिदिएको भए अहिले किन फरार हुनुपर्थ्यो?अगाडि आएर आफ्नो कुराहरू भनेको भए हुन्थ्यो।
उहाँको छोरा उहाँसहित भएपछि आत्मबल बढ्यो अगाडि बढेको काम गर्न थाले।
काम गर्न थालेपछि पैसा दिन सक्ने नक्कली शरणार्थी खोज्न थाले।
पूर्वमा झापा मोरङ, पश्चिममा दाङ, प्युठान, सल्यान, मोरङ, रूकुम, रोल्पा, गोरखामा मान्छे खोज्न थाले।
यो बीचमा रामबहादुर थापा पनि गृहमन्त्री भए। इन्द्रजित राई सुरक्षा सल्लाहकार भए।
राई सँगै रामबहादुर थापाका छोरा पनि त्यसमा संलग्न हुन थाले। पीडितहरुलाई फोटो देखाएर पनि आश्वस्त पार्न थालियो।
त्यतिखेर बादलको छोरा र तत्कालिन उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा (दिपेश पुन) मिलिभगतमा गृह प्रशासनमा नराम्रो हस्तक्षेप थियो भने कुरा सर्वविदितै छ।
इन्द्रजित राई आउपछि गृह प्रशासन थप मिल्न थाल्यो।
कति शरणार्थी छुटेको भन्ने पत्ता लगाउन त्यतिबेला सहसचिवको संयोजकत्वमा गठित कार्यदलका तीन जना गएका हुन्। ४२९ जना छुटेको नामावली उनीहरूले ल्याए। त्यसमै १२५ जना विचौलियाहरूले थपेका पाइएको थियो।
त्यसपछि एमालेको सरकार ढल्यो। शेरबहादुर देउवाको सरकार आएपछि हल्लीखल्ली भयो। पैसा पनि लिइसकेको थियो, केही पैसा पनि फिर्ता गरे।
पैसा फिर्ता नहुनेहरू प्रहरीमा उजुरी लिएर गए। त्यतिखेर प्रहरीले दुई जनालाई समातेको थियो। पछि राजनीतिक दबाबमा छोडेको हो।
खाण गृहमन्त्री हुँदा नै उजुरी परेको र दुईजना मान्छे पक्राउ गरिएको थियो। तर मन्त्री खाणले दवाब दिएर छुटाए ।
– पूर्व एआईजी बिज्ञानराज शर्मा pic.twitter.com/Z7s7g7k4jN— 💬Diness Ac. (@DnesKazi) May 8, 2023