राघबले भने- शेहनाज गिललाई डेट गरिरहेको छैन-Sutra News

राघबले भने- शेहनाज गिललाई डेट गरिरहेको छैन

सोमबार, २५ बैशाख २०८०

सोमबार, २५ बैशाख २०८०

सलमान खानको पछिल्लो रिलिज ‘किसीका भाइ किसीका जान’को एक प्रचार कार्यक्रममा सलमान खानले आफ्नो सिनेमाको सेटमा एउटा जोडीको कथा बनिरहेको भनेका थिए।



उनको इशारा यही सिनेमाबाट बलिउडमा डेब्यू गरिरहेका राघब जुयाल र शेहनाज गिलप्रति लक्षित थियो।

सलमानको सो भनाइपछि सो कार्यक्रममा उपस्थित राघब र शेहनाजले लजाएका थिए। त्यसपछि नै उनीहरीबीच केही पाकिरहेको अनुमान गरिएको थियो।

तर हाल आएर राघबले सो कुराको खण्डन गरेका छन्।

एक अन्तरवार्तामा उनले आफूहरू राम्रो साथीमात्र भएको भन्दै सो भनाइको खण्डन गरेका हुन्।

‘त्यो फाल्तुको कुरा थियो’, उनले भने।

भनेपछि त्यो तपाईंहरूबीच डेटिङ चलिरहेको कुरामा कुनै सत्यता त छैन? भन्ने प्रश्नमा राघबले यस्तो जवाफ दिएका हुन्।

‘भाइ(सलमान खान)ले उसको र मेरो डेटिङ चलिरहेको छ भन्नुभएको हो’, राघबले भने।

उनले शहनाजसँगको सम्बन्ध सहकर्मी बाहेक अर्थोक केही नभएको पनि बताए।

‘जब तपाईं ३-४ महिनासँगै सुटिङमा बिताउनुहुन्छ तब एकप्रकारको मित्रता भइ नै हाल्छ। शेहनाजसँगको कुरा के हो भने उनी बिग बोस-१३ की प्रतियोगी हुन। दर्शकले करिब तीन महिना ती प्रतिष्पर्धीका नीजि जीवनका लागि खर्च गरेका हुन्छन्, जुन पछि नशा जस्तो हुन्छ र उनीहरू त्यो नशा त्यसपछि पनि निरन्तर भइराखोस् भन्ने चाहन्छन्। मैले अरुसँग पनि समय बिताएको छु, घुमेको छु तर मानिसहरुलाई उहीसँग एउटा नाटकबाजी चाहिएको थियो। मलाई थाहा छैन, यो के हो, दुःख लाग्छ,। बिचरी’, राघबले शाहनाजसँगको सम्बन्धलाई व्याख्या गर्दै भने।

त्यसैगरी उनले आफू हाल ३-५ वटा सिनेमामा व्यस्त भएको र आफ्नो सारा ध्यान त्यसमै केन्द्रित रहेको बताए, उनले आफू अहिले सिंगल नै रहेको पनि दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट