समिक्षा तिमी ‘गोल्डेन हार्ट’ भएकी केटी हौ, लुकेर होइन शीर ठाडो गरेर हिँड्ने हो-Sutra News

समिक्षा तिमी ‘गोल्डेन हार्ट’ भएकी केटी हौ, लुकेर होइन शीर ठाडो गरेर हिँड्ने हो

सोमबार, २५ बैशाख २०८०

सोमबार, २५ बैशाख २०८०

अभिनेता आमेश भण्डारीले गायिका समिक्षा अधिकारीलाई उनी ‘गोल्डेन हार्ट’ भएकी केटी हौ भन्दै प्रशंसा गरेका छन्।



आफ्नो फेसबुकमा समीक्षासँगको तस्विर पोस्ट गर्दै आमेशले यस्तो बताएका हुन्। उनले योसँगै समिक्षालाई ‘अब लुकेर हिँड्न पर्दैन शीर ठाडो गरेर हिँड्ने हो’ भन्दै हौसला पनि प्रदान गरेका छन्।

आमेश हाल अष्ट्रेलियामा रहेका छन्। समीक्षा पनि भर्खरै अष्ट्रेलियाबाट फर्किएकी हुन्। त्यहाँ रहँदा एकअर्कासँग उनीहरूले बनाएको टिकटकहरू पोस्ट गरेका थिए।

हालै समीक्षाले एपी वान टेलिभिजनमा अन्तरवार्ता दिदैं पल शाहविरूद्ध दिएको मुद्दामा माया लागेर अन्तिम समयमा ‘होस्टायल’ भएको सँगै नेपालमा हुँदा मुद्दा फिर्ता नगरे

आफूले मारिदिने र गायब पारिदिनेसम्मका धम्की पाएपछि मुद्दाबाट पछि हटेको पनि बताएकी थिइन्।

सो कार्यक्रममा पनि उनलाई आमेशसँगको सम्बन्धलाई लिएर प्रश्न गरिएको थियो, जसको जवाफमा समिक्षाले आफूहरू साथी मात्र रहेको जवाफ दिएकी थिइन्।

‘तिमीलाई बुझेको मान्छेलाई मात्र थाहा छ, तिमी ‘गोल्डेन हार्ट’ भएको केटी हौं भनेर। म सार्है खुशी छु, तिमीले श्रोताहरूबाट आफ्नो हकको माया पाइरहेकी छौ। नआत्तिनु अझै धेरै सफलताले तिम्रो कदम चुम्न पर्खिराछ। कडा मेहेनत गर र हामीलाई पहिले गराए जस्तै गौरवशाली गराउ’ आमेशले आफ्नो स्टाटसमा भनेका छन्, ‘मलाई थाहा छ, त्यो बेला नेपालमा हुँदा स्टुडियोमा भेट्दा कति डराएर लुकेर हिँड्नपर्थ्यो, मैले त्यो बेला पनि सहयोग गरेको थिएं, सँधै गर्छु पनि। मलाई तिम्रो पीडा थाहा छ, अब लुकेर हिँड्न पर्दैन शीर ठाडो गरेर हिँड्ने हो। अझै पनि खुट्टा तान्ने हुन्छन्, अघि बढ्दै जाने हो। प्राउड अफ यू। छिट्टै भेटुला। चाँडै धेरै कामहरू गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट