नेपाली इतिहासको रक्तरञ्जित हत्याकाण्ड कोत पर्वमाथि सिनेमा बन्ने भएको छ।
यसअघि ‘कालापानी’ निर्देशन गरेका रिमेश अधिकारीले कोत पर्वमाथि सिनेमा बनाउन लागेका हुन्।
निर्देशक अधिकारीले सिनेमाको पटकथा तयार परिसकेको जनाएका छन्। सिनेमा माघ २१ बाट फ्लोरमा जानेछ।
सिनेमामा पुरानासँगै केही कालाकरहरुले डेब्यू गर्ने जनाइएको छ।
रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहने फिल्ममा केही स्वदेशी तथा विदेशी कम्पनीहरुले पनि निर्माणमा सहकार्य गर्ने बताइएको छ।
नेपालीसँगै हिन्दी र चाइनिज भाषामा पनि छायांकन हुने फिल्मको कथा महेश दवाडीले लेखेका हुन् ।
रानीको विश्वासपात्र गगनसिंहको हत्यारा पत्ता लगाउन भेला भएका भारदारहरूबीच विवाद हुँदा मच्चिएको हत्याकाण्डलाई ‘कोत पर्व’ भनिन्छ ।