संसद्‌मा आज पनि प्रि-बजेटमाथि छलफल-Sutra News

संसद्‌मा आज पनि प्रि-बजेटमाथि छलफल

मंगलबार, २६ बैशाख २०८०

मंगलबार, २६ बैशाख २०८०

काठमाडौं- संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा आज पनि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल हुने भएको छ ।



अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेपछि सोमबारबाट प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु भएको हो ।

संसद् सचिवालयका अनुसार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि–बजेटमाथि छलफल हुनेछ ।

२७ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको सचिवालयले छ ।

प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ ।

suchi1683594667.JPG

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट