सन्दीप लामिछानेको शरीरमा रहेका ६ वटा लाइपोमाको सर्जरी, आज अस्पतालबाट डिस्चार्ज हुने-Sutra News

सन्दीप लामिछानेको शरीरमा रहेका ६ वटा लाइपोमाको सर्जरी, आज अस्पतालबाट डिस्चार्ज हुने

मंगलबार, २६ बैशाख २०८०

मंगलबार, २६ बैशाख २०८०

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको शरीरमा रहेका ६ वटा लाईपोमाहरूको सोमबार सर्जरी गरिएको छ। क्यानका मेडिकल कोअर्डिनेटर डा अभिषेकराज सिंहका अनुसार अहिलेको खाली समयको सदुपयोग गरी प्लान सर्जरी गरिएको हो।



सन्दिपको मंगलबार डिस्चार्ज हुने बताइएको छ। उनका आगामी खेलहरूमा नियमित रूपमा फर्किने क्यानले जनाएको छ। उनको सर्जरी नेपाल नेसनल अस्पतालमा गरिएको हो।

एक वर्षयता उनलाई दुखाइ बढेको थियो। पेनकिलर खाएर दुखाईको सामना गर्दै आएका सन्दीपको सोमबार शल्यक्रिया भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट