भारतमा शक्तिशाली चक्रवात आँधी आउने चेतावनी, नेपालमा के असर गर्ला?-Sutra News

भारतमा शक्तिशाली चक्रवात आँधी आउने चेतावनी, नेपालमा के असर गर्ला?

मंगलबार, २६ बैशाख २०८०

मंगलबार, २६ बैशाख २०८०

काठमाडौँ- भारतमा ‘मोका’ नामको शक्तिशाली चक्रवात आउने चेतावनी जारी गरिएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा बनेको चक्रवात निकै भीषण आँधीमा परिणत हुने र हावाको गति प्रतिघण्टा १३० किलोमिटरसम्म पुग्न सक्ने देखिएको छ।



सोमबार दक्षिणपूर्वी बंगालको खाडी र नजिकैको दक्षिण अण्डमान सागरमा न्यून चापीय क्षेत्र बनेको छ। यही मे १२ (वैशाख २९) मा बंगलादेश र म्यानमारको तटमा सर्ने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले अहिलेसम्म त्यसको प्रभाव नेपालमा पर्ने सम्भावना नदेखिएको बताएका छन्।
मौसमविद् राजु प्रधानांग अहिलेसम्मको अवस्था हेर्दा त्यो चक्रवातको प्रभाव नेपालमा पर्ने देखिँदैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट