काठमाडौँ- मलुकको पछिल्लो घटनाक्रममा बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवाबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास तीन शीर्ष नेताहरुबीच आगामी बर्षको बजेट, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका बिषयमा छलफल भएको बुझिएको छ ।
नक्कली शरणार्थी प्रकरणको छानविनमा नेताहरुको संलग्नता देखिएपछि शीर्ष तहहरुबीच लगातार छलफल भइरहेको छ । प्रधानमन्त्रीको निजी सचिवालयले समसामायिक राजनीतिक घटनाक्रममा विषयमा तीन नेताबीच छलफल भएको जानकारी दिएको छ ।