भनिन्छ सिनेमा र जुवा एउटै हो, भाग्यमानीले जित्छ र कसलाई दाउ पर्छ थाहा हुँदैन।
सिनेमाघरमा कहिले यस्ता सिनेमा आइपुग्छन् जसका बारेमा कुनै ठूलो हल्ला गरिदैन र व्यापार पनि भंयकर नै गर्ला भने आश हुँदैन। तर कहिलेकाँही भइदिन्छ कस्तो भने सबैलाई चकित पार्दै ‘मै हूँ’ भन्ने ठूला स्टारका तथाकथित ठूला सिनेमाको कमाइलाई पनि विर्साउने गरी कमाइ गरिदिन्छन्।
शुक्रबारबाट रिलिज भएको ‘द केरला स्टोरी’ सिनेमाले अहिले हलहरूमा यस्तै कमाल देखाइरहेको छ। सिनेमाले ‘द कश्मिर फाइल्स’को जस्तै सफलता पाइरहेको छ।
सिनेमाले रिलिजको चौथो दिन आइपुग्दा आफ्नो कमाइलाई झनै बढाउँदै लगेको छ।
सिनेमाले चौथो दिन गज्जबको कमाइ गरेको छ।
सिनेमाले सोमबार १०.७ करोड भारुको कमाइ गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले बताएका छन्।
उनले आफ्नो ट्वीटमार्फत यस्तो बताएका हुन्। सिनेमाघरमा रिलिजको पहिलो दिन शुक्रबार ८.०३ करोड कमाएको सिनेमाले दोश्रो दिन शनिबार ११.२२ करोड कमाइगर्दा
आइतबार १६.४० करोड भारू कमाइ गरेको छ।
सिनेमाले यो समाचार तयार पार्दासम्म ४५.७२ करोड भारू कमाइसकेको छ;
आदर्शले बुधबार सिनेमाले ५० करोड भारू को आँकाडा पार गर्ने जनाएका छन्।
सिनेमाको यो आक्रमक प्रदर्शनले सिनेमा बल्कबस्टर भइसकेको आदर्शको भनाइ छ।
सिनेमा भारतमा ‘दि कस्मिर फाइल्स’ जस्तै विवादित बनेको छ। सिनेमा मुश्लिमविरोधी एजेण्डासहित आएको आलोचकहरूले बताएका छन् भने समर्थकहरूले कटु यथार्थ पर्दामा आएको बताइरहेका छन्।
‘द केरला स्टोरी’ले केरला राज्यबाट इश्लाम कबुलेर इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया पुगेका महिलाहरूको कथा पेस गर्छ।
सिनेमामा आदा शर्मा, योगिता बिहानी, सोनिया बलानी तथा सिद्दी इड्नानीको प्रमुख अभिनय रहेको छ।