२०६८ सालमा रिलिज भएको नेपालको पहिलो इरोटिक थ्रिलर सिनेमाले आफ्नो पहिलो पोस्टे सार्वजनिक भएपछि चर्को विरोधको सामना गर्नुपरेको थियो।
सिनेमाको पोस्टरमा अभिनेत्री बिनिता बरालको अर्धनग्न तस्विर राखेको भन्दै सिनेमाको चर्को विरोध भए। फिल्मको पोस्टर च्यात्ने, जलाउने तथा प्रतिबन्ध लगाउनुपर्नेसम्मका माग उठे।
सोही सिनेमाले डिप्रेसनको अवस्थामा पुगेका निर्देशक दीपेन्द्र के खनाललाई नेपाली सिनेमामा टिकीराख्ने आधार खडा गरिदियो।
केही दिन अगाडि ‘परस्त्री’ले रिलिज मिति तोक्दै सिनेमाका पोस्टरहरू सार्वजनिक गर्यो। सार्वजनिक पोस्टर बोल्ड थिए।
ती पोस्टरले सामाजिक संजाल तथा संचारमाध्यममा राम्रै चर्चा कमाउने ठानिएको थियो तर त्यस्तो हुनसकेन।
संचारमाध्यममा औपचारिक समाचार छापिनेबाहेक अरु चर्चा सिनेमाको पोस्टर असफल रह्यो।
डेब्यू निर्देशक सुरज पाण्डे निर्देशित सिनेमाको पोस्टरमा अभिनेत्री शिल्पा मास्केलाई सर्वाधिक बोल्ड अबतारमा प्रस्तुत गरिएको छ। पोस्टरले उनको चर्चा हुने अनुमान गरिएपनि त्यसो हुनसकेन।
यसले सिनेमाको क्रेज निर्माणमा कुनै सहयोग पुर्याउने अवस्था हाललाई देखिएको छैन्।
पोस्टरले सोचे जस्तो चर्चा नपाएकाले निर्माणपक्षले सिनेमा प्रचारमा राम्रै मेहेनत गर्नुपर्ने देखिन्छ।
असार १५ गते रिलिज हुने सिनेमामा शिल्पाका अलावा कोसिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री तगथा अशान्त शर्माको प्रमुख अभिनय रहेको छ।
सिनेमाले विवाहइत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटलाई आफ्मो कथावस्तु बनाएको छ।
सिनेमा नेपालीसँगै हिन्दी भाषामा पनि रिलिज हुनेछ।