बजेटका सिद्धान्त र प्राथिमकतामाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री-Sutra News

बजेटका सिद्धान्त र प्राथिमकतामाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

बुधबार, २७ बैशाख २०८०

बुधबार, २७ बैशाख २०८०

काठमाडौँ- आज प्रि-बजेटका बारेमा सांसदहरूले राखेका जिज्ञासाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँने कार्यसूची छ।



गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि-बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन्।

प्रिबजेटका बारेमा सांसदहरूले आ-आफ्नो धारणा राखिसकेका छन्। अर्थमन्त्री महतले राष्ट्रियसभामा सा‌सदहरूले उठाएका सवालको जवाफहरू भने हिजै दिइसकेका छन्।

उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन्।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा प्रि-बजेटका बारेमा सदनमा छलफल भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट