जसपाको कार्यकारिणी बैठक : उपेन्द्रले आफैँ मन्त्री बन्ने निर्णय गर्लान् कि अरूलाई पठाउलान्?-Sutra News

जसपाको कार्यकारिणी बैठक : उपेन्द्रले आफैँ मन्त्री बन्ने निर्णय गर्लान् कि अरूलाई पठाउलान्?

बुधबार, २७ बैशाख २०८०

बुधबार, २७ बैशाख २०८०

काठमाडौँ-  जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बोलाइएको केन्द्रीय कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए।



‘खासगरी बैठक विधान अधिवेशनको तयारीका लागि बोलाइएको हो,’ अधिकारीले भने, ‘समसामयिक विषयमा पनि छलफल हुन्छ।’

जसपाले यही जेठ १, २, र ३ गते विधान अधिवेशन गर्दैछ। काठमाडौंमै हुने विधान अधिवेशनको तयारी नै आजको बैठकको कार्यसूची भएको उनले बताए।

त्यस्तै आजको बैठकमा जसपाको भागमा परेको मन्त्रालयमा मन्त्री पठाउनेबारे पनि छलफल हुने उनको भनाइ छ।

मौजुदा मन्त्रिपरिषद्मा वन तथा वातावरण मन्त्रालयमा मन्त्री तोकिएको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै उक्त मन्त्रालय हेर्दै आएका छन्। उक्त मन्त्रालयमा उपप्रधानसहित आफैँ जाने उपेन्द्रको तयारी छ। तर उनको विषयमा निकै आलोचना हुँदै आएको छ।

सरकारमा जसपाको तर्फबाट अशोककुमार राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री छन्। जसपामा मन्त्री बन्ने चाहना राखेर यादवलाई भेट्नेको लाइन भने लामै छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट