काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिएका छन्। नक्कल शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण समातिएपछि पूर्वगृहमन्त्री नै रहेका लामिछानेले श्रेष्ठलाई धन्यवाद दिएका हुन्।
प्रहरीले खाणलाई आज बिहानमात्रै पक्राउ गरेको हो।
प्रहरीले उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ। ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्’ रविले भनेका छन्।