काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एव नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई प्रहरी परिसर टेकु लगिएको छ।
चाबहिलस्थित खाणको निजी निवासबाट बुधबार बिहान पक्राउ गरिएका खाण र केसीलाई काठमाडौँ प्रहरी परिसर पुर्याइएकाे हो।
यसअघि उनीहरूलाई अपराध महाशाखा बानेश्वर लगिएको थियो। प्रहरीले दुई दिनअघि खाणसँग प्रारम्भीक बयान लिएर कागज गरी छाडेकाे थियाे।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रिजीत राई, एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायत १२ जना पक्राउ परिसकेका छन्। टोपबहादुर भने फरार छन्।