आईजीपी कुँवरलाई गृहमन्त्री श्रेष्ठको निर्देशन : खुट्टा कमाउने होइन, जो सुकैहोस् पक्राउ गर्नू-Sutra News

आईजीपी कुँवरलाई गृहमन्त्री श्रेष्ठको निर्देशन : खुट्टा कमाउने होइन, जो सुकैहोस् पक्राउ गर्नू

बुधबार, २७ बैशाख २०८०

बुधबार, २७ बैशाख २०८०

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान दबाब र प्रभावमा नपरी गर्न प्रहरी प्रमुख बसन्तबहादुर कुँवरलाई निर्देशन दिएका छन्।



‘म दबाब र प्रभावमा पर्दिनँ प्रहरी प्रमुखलाई पनि दबाब र प्रभावमा नपर्न भनेको छु,’ श्रेष्ठले भने, ‘जो सुकै नेता होस् गृहप्रशासनले दोषी देखे समात्छ।’

आज बुधबार प्रहरीले नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेको छ। उनका स्वकीय सचिव नरेन्द्र श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई प्रहरी परिसर टेकु लगिएको छ।
यो प्रकरणमा पक्राउ पुर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्। अहिलेसम्म प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नि आरजु राणा, खाणकी पत्नि मञ्जु, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईपनि तानिने सम्भावना बढेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट