राप्रपाको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित-Sutra News

राप्रपाको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

बुधबार, २७ बैशाख २०८०

बुधबार, २७ बैशाख २०८०

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले संसद्मा विरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगन गर्नुभएको हो ।



बैठक सुरु हुने वित्तिकै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देलले बोल्नका लागि समय माग गर्दा सभामुख घिमिरेले समय दिन नमिल्ने भन्दै बैठक अगाडि बढाउनुभएसँगै उक्त दलका सांसदहरुले रोस्टम घेराउ गरी विरोध गर्नुभएको थियो । उहाँहरुले भ्रष्टाचारविरुद्ध संसद्मा बोल्न पाउनुपर्ने माग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट