काठमाण्डौ – पूर्व गृहमन्त्री बालकृष्ण खाडलाई प्रहरीले पक्राउ गरेपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा नँया मोडमा पुगेको छ । खाड पक्राउ परेसंगै उनकी पत्नी मन्जु खाड र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई समेत अनुसन्धान गर्ने बाटो खुलेको बताइन्छ ।
उनिहरुमाथि समेत ६ करोडभन्दा बढी रकम लिएको आरोप छ । त्यसको अडियो समेत सार्वजनिक भइसकेको छ । यद्यपी कांग्रेस नेतृ राणाले भने त्यो अडियो नक्कली भएको दावी गरेकी छिन् ।
प्रहरीले त्यसबारेमा अनुसन्धान अन्तिम चरणमा पुगाएको छ । प्रहरीले प्रक्राउ गरेको अभियुक्तहरुले खाडले ४ करोड ७५ लाखभन्दा बढी रकम असुल गरेको वयान दिएका छन् ।
यो प्रक्ररणमा पूर्व गृहसचिव टेकनारायण पाण्डेसहित १० जना पक्राउ परिसकेका छन् । एमाले सचिव टोपबहादुर रायामाझी भने अहिले फरार छन् ।
प्रहरीले थप ८ जनालाई पक्राउ गर्ने तयारी गरेको स्रोतले बतायो । यो प्रकरणमा तत्कालिन गृहमन्त्री खाड र गृहसचिव पाण्डेको मिलेमतोमा रकम लेनदेन भएको प्रमाणित भइसकेको छ ।
‘अहिले कांग्रेस सभापति पत्नी आरजु र बालकृष्ण पत्नी मन्जु खांडमाथि अनुसन्धान चलिरहेको छ । प्रमाणित भयो भने उहांहरुलाई पनि पक्राउ गर्छौं । ’ प्रहरी स्रोतले सुत्रन्युजसँग भन्यो ।
खाडलाई शिर्ष राजनीतिक नेतृत्वले बचाउने प्रयास गरेपनि प्रहरीले बुधवार विहानै उनलाई पक्राउ गरेको हो । काठमाण्डौ प्रहरी प्रमुख दानबहादुर कार्कीले यसको नेृतत्व गरिरहेका छन् ।