कांग्रेस सांसद आरजु राणाले दिइन् साइबर ब्युरोमा उजुरी-Sutra News

कांग्रेस सांसद आरजु राणाले दिइन् साइबर ब्युरोमा उजुरी

बुधबार, २७ बैशाख २०८०

बुधबार, २७ बैशाख २०८०

नक्कली शरणार्थी प्रकरणमा आफ्नो फेक अडियो बनाएको भन्दै कांग्रेस सांसद आरजु राणाले प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन्।



उनले फेक अडियो बनाएर सार्वजनिक गर्नेमाथि कारबाहीको माग पनि गरेकी छन्। कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती रहेकी आरजुले नक्कली शरणार्थी प्रकरणमा करोडौँ रकम मागेको भनिएको अडियो केही दिनअघि सार्वजनिक भएको थियो। उनले उक्त अडियो आफ्नो नभएको बताउँदै आएकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट