अखिल अध्यक्ष बडालले भने- फरार टोपबहादुरबारे सूचना भए प्रशासनलाई सहयोग गरिदिनुहोला-Sutra News

अखिल अध्यक्ष बडालले भने- फरार टोपबहादुरबारे सूचना भए प्रशासनलाई सहयोग गरिदिनुहोला

बिहिबार, २८ बैशाख २०८०

बिहिबार, २८ बैशाख २०८०

नेकपा एमाले निकट विद्यार्ती संगठन अनेरास्वयूका केन्द्रिय अध्यक्षले आफ्ना संगठन सदस्यहरुलाई हाल नक्कली शरणार्थी प्रकरणमा फरार टोपबहादुर रायमाझी बारेमा कुनै सूचना भए प्रशासनलाई सहयोग गरिदिन अपिल गरेका छन्।



आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै बडालले पार्टीका निलम्बित सचिब रायमाझीको बारेमा सूचना दिन भनेका हुन्।

‘देशैभरिका अनेरास्ववियुका साथीहरुलाई मेरो अनुरोध छ, नेकपा एमालेका निलम्बित सचिब टोप बहादुर रायमाझीको बारेमा सुचना जानकारीमा छ भने प्रशासनलाई गिरफ्तारीमा सहयोग गरिदिनुहोला। अनेरास्ववियु राज्य बिरुद्दको अपराधमा चुप बस्दैन्’ फेसबुकमा उनले लेखेका छन्।

रायमाझी पक्राउपूर्जी जारी भएयता फरार रहँदै आएका छन्। घटनामा उनका छोरा सन्दिप रायमाझीलाई भने प्रहरीले अनुसन्धानका लागि गिरासतमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट