बुधबार बेलुका काठमाडौँको वान सिनेमाज मल्टिप्लेक्समा फिल्म हल्लाराको प्रिमियर सम्पन्न भएको छ ।
हुलाकीको कथा भन्ने फिल्मलाई विक्रम सापकोटाले निर्देशन गरेका हुन् ।
रामकृष्ण पोखरेलले निर्माण गरेको फिल्ममा महेश त्रिपाठी र विनिता थापा मगर मुख्य भूमिकामा देख्न सकिन्छ ।
विभिन्न अन्तर्राष्ट्रिय अवार्डमा पुरस्कार समेत जितेको यस फिल्मलाई प्रिमियरमा उपस्थित विभिन्न नेता तथा कलाकारले खुलेरै तारिफ गरे ।
फिल्म हेर्न पुगेका सांसदहरु रघुजी पन्त, ज्ञानेन्द्र शाही र एमाले नेता प्रदिप ज्ञवालीले आफूहरुलाई फिल्म मन परेको बताए । अभिनेता राजन खतिवडाले पर्फेक्ट नेपाली फिल्मको उपनाम दिए ।
साथै फिल्म हेरुनजेल फिल्मसँग आफू जोडिएको अभिनेता मुकुन भुसालले बताए ।