२४ घण्टे फोर जी १ एमबिपिएस डाटा प्याक कसको सस्तो- एनटिसी कि एनसेलको?-Sutra News

२४ घण्टे फोर जी १ एमबिपिएस डाटा प्याक कसको सस्तो- एनटिसी कि एनसेलको?

बिहिबार, २८ बैशाख २०८०

बिहिबार, २८ बैशाख २०८०

तपाईंले कुन कम्पनीको सिम चलाउँदै आउनुभएको छ?



नेपाल टेलिकम को कि एक्जिटा एनसेलको?

देशका यी दुई प्रतिष्पर्धी टेलिकम्युनिकेसनले ग्राहक तान्न विभिन्न भ्वाइस तथा डाटा प्याक योजनाहरु संचालन गरिरहेका छन्।

उनीहरूले ग्राहकहरुकालागि ल्याएका योजनाहरु लगभग उस्तै छन्। यी उस्ताउस्तै प्याकहरुको लाभ प्रयोगकर्ताका लागि आफू मनपर्दो प्याक रोज्ने अवसर पनि हो। बजारमा यसले स्वस्थ्य प्रतिष्पर्धा बढाउँछ।

त्यसैले हामीले हाम्रा पाठकहरुको फाइदाका लागि यी दुबै सेवा प्रदायकहरुको २४ घण्टे १ पम्बिपिएस योजनाको प्याकमा कसले बाजी मारेको छ भनेर बताउन गइरहेका छौं।

त्यो भन्दा पहिले यी प्याकहरुको बारेमा बुझौं।

यो प्याकअन्तरगत ग्राहकहरुले २४ घण्टाको अवधिसम्म निर्वाधरुपमा ए एमविपिसको गतिमा मोबाइल इन्टरनेट चलाउन पाउँछन्। यसमा ग्राहकहरुले सबै अनलाइन तथा सोसल साइटहरुको प्रयोग गर्नपाउँछन्।

यो प्याक विशेषगरी घुम्न हिँडेका बखतमा सबैभन्दा सजिलै प्रयोग गर्न सकिने सुविधा हो। फोरजी नेटवर्क अन्तरगत प्रयोग गर्न पाइने यो प्याकमा प्रयोगकर्ताले सहज इन्टरनेट प्रयोग गर्न पाउँछन्, वाइफाइ सुविधा खोजीरहन पर्दैन्। तररहित सेवा भएकाले पनि जहाँकही चलाउन सकिन्छ।

यसका लागि प्रयोगकर्ताले निश्चित रकम तिर्नुपर्छ, जुन मोबाइल कोडका माध्यमबाट उपभोग गर्नसकिन्छ।

मूल्यका हिसाबले हेर्ने हो भने यसमा एनसेल एनटिसी भन्दा १ रुपैयाँ सस्तो पार्न आउँछ।

एनसेल प्रयोगकर्ताले *१७*१२३# प्रयोगगरी यो सुविधा प्रयोग गर्न पाउँछन् भने एनटिसीका प्रयोगकर्ताले *१४१५# डायल गरेर यो सुविधा लिनसक्छन्।

यसका लागि एनसेलले ४८ रूपैयाँ लिन्छ भने एनटिसीले ४९ रुपाँ लिन्छ। यो रकम सिममा रहेको मूल ब्यालेन्स रकमको प्रयोग गरेर लिनसकिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट