जेठ १ गतेबाट ऋणको ब्याज घट्दै, पुराना ऋणीहरुको पनि घट्ने, कति घट्ला?-Sutra News

जेठ १ गतेबाट ऋणको ब्याज घट्दै, पुराना ऋणीहरुको पनि घट्ने, कति घट्ला?

बिहिबार, २८ बैशाख २०८०

बिहिबार, २८ बैशाख २०८०

वाणिज्य बैंकहरुले जेठ १ गतेबाट पुनः ब्याजदर घटाउने भएका छन्।



राष्ट्र बैंकको सोमबार जारी भएको निर्देशनका कारण जेठ १ गतेदेखि नै ऋणको ब्याजदर घट्न लागेको हो।

पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने नियमसँगै जेठबाटै बैंक तथा वित्तीय संस्थाहरूले ऋणको ब्याजदर घटाउने भएका हुन्।

नेपाल राष्ट्र बैंकले ‘इजाजतप्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ लाई परिमार्जन गर्दै यस्तो व्यवस्था कार्यान्वयन गर्न सोमबार परिपत्र गरेको थियो।

गत बैशाख १ गतेदेखि लागु हुने गरी मुद्दतीको ब्याजदर बैंकहरूले ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झारेका थिए। निक्षेपको ब्याज घटे पनि ऋणको ब्याज घट्नका लागि साउन १ सम्म कुर्नुपर्ने थियो। जेठ १ देखि १.५० प्रतिशतसम्म ऋणको ब्याजदर घट्ने भएको हो। अब राष्ट्र बैंकको निर्देशन अनुसार पुराना ऋणीहरूको पनि ब्याजदर घट्ने छ।

अहिले आधारदरमा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाइन्छ। यसअघि ६ प्रतिशतसम्म गर्ने निर्णय भएको थियो। चैतदेखि नै नयाँ ऋणीको ब्याजदर घट्ने थालेको भए पनि बैशाखदेखि पुराना ऋणीको ब्याजदर २ प्रतिशतसम्म घटेको छ। अहिले ऋणको ब्याजदर १५ प्रतिशत भन्दा माथि रहँदै आएकोमा जेठ १ गते देखि १४ प्रतिशतभन्दा तल आउन सक्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट