जेठ १ गतेदेखि ऋणको ब्याज घटाउने निर्णय गरेका वाणिज्य बैंकहरुले जेठ महिनामा निक्षेपको ब्याजदर भने घटबढ नगर्ने भएका छन्।
बिहीबार बसेको नेपाल बैंकर्स संघ (एनबीए) को बैठकले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। बैशाखमा भने यसलाई झारेर ९.९९ प्रतिशतमा पुर्याइएको थियो।
त्यतिबेला वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशतसम्म पुगेको थियो।
बैंकहरुले बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएपछि निक्षेपकर्तालाई आकर्षित गर्न ब्याजदर बढाएका थिए। गत माघमा ब्याजदर घटाएर ११ प्रतिशतमा झारिएका बैंकहरु त्यसपछि ब्याजदरलाई बैशाखमा ९.९९ प्रतिशतमा झारेका थिए।
हाल बैंकहरुको संस्थागत मुद्दती निक्षेपको ७.९९ प्रतिशत ब्याज दिनेगरेका छन् भने बचततर्फ ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशतसम्म कायम छ।
त्यस्तै व्यक्तिगत मुद्धती निक्षेपमा ९.९९ प्रतिशत, मुद्दती निक्षेपमा ७.९९ प्रतिशत तथा बचतमा ५.४ देखि ७.४ प्रतिशतसम्म व्याजदर थियो।