ज्ञानेन्द्र र योगी आदित्यनाथबीच भेटवार्ता, के नेपालमा राजसंस्था फर्काउन चाहन्छ भारत ?-Sutra News

ज्ञानेन्द्र र योगी आदित्यनाथबीच भेटवार्ता, के नेपालमा राजसंस्था फर्काउन चाहन्छ भारत ?

बिहिबार, २८ बैशाख २०८०

बिहिबार, २८ बैशाख २०८०

के नेपालमा राजसंस्था फर्काउन चाहन्छ भारत ?



आफू प्रधानमन्त्री बने लगत्तै पहिलो विदेश भ्रमणको सिलसिला भारत बाट सुरु गर्ने पूर्वयोजना भएपनी अहिलेसम्म साइत जुरेको छैन भने अर्कोतिर पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला भारत भ्रमणमा छन् । पूर्वराज शाह नेपालगंजको कार्यक्रममा सहभागी भएर स्थलमार्ग मार्फत लखनउ पुगेका हुन् । अति हिन्दुवादी नेता मानिने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा पूर्वराजा शाह भारत भ्रमणमा पुगेका हुन् ।

उसै पनि दिल्ली र बेइजिङको इशाराबिना नेपाली राजनीतिमा पात पनि हल्लीदैंन भन्ने भाष्य स्थापित बनेको काठमाडौमा पूर्वराजा शाहको भारत भ्रमणले भारतकै सक्रियतामा नेपाल पुनः राजसंस्था स्थापना तर्फ लागेको त हैन भन्ने किसीमका आशंका सुरु भएका छन् । एकातिर प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय नहुनु र अर्कोतिर पूर्वराजालाई आदित्यनाथको न्यायो स्वागतले यस्तो आशंकालाई आझै बल दिएको बुझ्न कठिन छैन ।

भारतिय सत्तारुढ दल भारतिय जनता दलका प्रभावशाली नेता समेत रहेका आदित्यनाथले लामो समयदेखि नेपालमा हिन्दु राज्य र राजसंस्थाको वकालत गर्दै आएका छन् । उनको निमन्त्रणामा पूर्व राजालाई भारत बोलाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

भाजपाका प्रभावशाली नेता समेत रहेका आदित्यनाथले नेपालमा हिन्दु राज्य र राजसंस्थाको वकालत गर्दै आएका छन् । उनकै निमन्त्रणामा पूर्व राजालाई भारत बोलाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । यो उनको दोस्रो भारत भ्रमण हो ।

पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथसंग पूर्वराजाको भेट भएको जानकारी दिएका छन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै उत्तर प्रदेशको लखनउमा सौहार्दपूर्ण वातावरणमा भेटवार्ता भएको जनाएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र पछिल्लो समय नागरिक अभिनन्दनका नाममा देश दौडाहामा लागेका छन् । उनीसंगै राजेन्द्र लिंगदेन नेतृत्वको राप्रपा समेत हिन्दुराज्यसहित राजसंस्था फर्काउने अभियानमा छ ।

पूर्व राजाले पछिल्लो समय राजनीतिक वक्तव्यवाजी समेत सुरु गरेका छन् । उनले राजनीतिक दलहरुले वेथिति गरेको भन्दै अव समय आएको प्रतिक्रिया यसअघि दिएका थिए ।

भिडियोमा पनि हेर्नुस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट